शम्भु राई मिडियामा: प्रकाश सपुतले गित बङ्गाएर मेरो छातीमा छुरा हाने (भिडियो)

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ३१ जेठ । नेपालको सांगीतिक बजार लाई अहिले प्रकाश सपुतको गित गलबन्दीले तत्ताएको छ । यो गितले युट्युबमा २ हप्ता मै एक करोड भ्यु पाएर रेकर्ड राखेको छ । यस गितले गर्दा प्रकाश सपुतको व्यस्तता पनि बढ्दो छ । यहि गितको सुखद पक्ष संगै दुखद पक्ष पनि बाहिरिएको छ र चर्चाको विषय बनेको छ । गायक शम्भु राईले आफ्नो पूर्वेली गितको भाका लाई प्रकाश सपुतले तोड मोड गरेर गलबन्दी गित सिर्जना गरेको भने जसले गर्दा गायक सपुतले अहिले चौतर्फी आलोचना पनि सहनु परेको छ ।

शम्भु राईले क्यानाडा नेपालका लागी सन्तोष निरौला संग कुराकानी गर्दै भनेस् “मेरो गितको लय लाई प्रकाश सपुतले चोरेको भनेको होईन तर उनले मेरो लय लाई बङ्गाएर गलबन्दी गित बनाएका हुन् । मेरो गित पूर्वेली भाका हो भने प्रकाश सपुतले पश्चिमिली भाकामा बङ्गाएर गलबन्दी गित बनाए र यो कुरा मैले होईन गित सुनेपछि सबैले भनेका छन् र यो नै सत्य हो ।”

Loading...