बंगलादेशको शानदार जीत

खेलकुद मुख्य खबर

काठमाडौ ३ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजमाथि शानदार जीत हात पारेको छ। टाउननमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो। काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहदै १२४ रनको शतकीय इनिङ्स खेले। उनले ९९ बलमा १६ चौका प्रहार गरे। यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास ९४ रनमा अविजित रहे। तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए । वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १र१ विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो।