मुख्य समाचारको माथि

‘फेसबुकमा मलाई बेवास्ता गरे पनि क्लासमा भेट अवश्य हुन्छ’

विचार

मैले कलेज पढाउन सुरु गरेको केही महिना मात्र भएको थियो । थप केही कलेज पढाउने सोच आएपछि राम्रो चिनजानका एक गुरुसँग सहयोग मागें । उहाँले तत्काल आश्वस्त तुल्याइहाल्नुभयो । म ढुक्क भएर गुरुको सुसमाचारको प्रतीक्षामा बस्न थालें । उहाँसँग बीचबीचमा ‘च्याट’ भइरहेको थियो । दिन बितेसँगै उहाँको ‘अफर’ आउन थाल्यो— ‘चिया–कफीमा भेटौं,’ ‘सँगै कलेज हेर्न जाऔं ।’
आफूले अति आदर गर्दै आएका व्यक्ति भएकाले उहाँका यस्ता सुन्नुपर्दा कताकता असहज लागे पनि आफ्नै मन पापी होला भन्ने सोचें । उहाँले भनेझैँ भेटघाट गर्न सम्भव थिएन, किनकि मैले भर्खरै पढाउन थालेकी थिएँ । त्यसमाथि स्नातकोत्तर तहको पढाइ !
शारीरिक दुर्व्यवहार नहुन्जेल हामी कतिपय कुरा बेवास्ता गर्ने गर्छौं, जुन कालान्तरमा ठूलो गल्ती हुने रहेछ ।

लेखक :-निर्मला ढकाल

एक दिन गुरु बहकिनुभयो । मेसेन्जरमा अश्लील शब्दावली लेख्नुभयो । त्यसले मलाई छाँगाबाट खसेझैं बनायो । आफ्नै गुरुको यस्तो नीचता ? आफूले मान्दै आएका मान्छेको असली रूप नांगिँदा पनि म कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा थिइनँ । समय रातको नौ बजिसकेको थियो । कुनै प्रत्युत्तर दिइनँ र स्क्रिनसट सेभ गरें ।
भोलिपल्ट स्क्रिनसट पठाउँदै फोन गरें, ‘यो सब के हो ?’ उहाँले गए राति आफू होसमा नरहेको, साथीसँग बसेर पिउँदा झुक्किएर मेसेज गयो होला भन्दै माफी माग्नुभो । ‘खुट्टा ढोग्न तयार छु, यो कुरा अन्त्य गर’ भन्दै अब यस्तो कुकृत्य नदोहोर्‍याउने वाचा गर्नुभयो । म फेरि आज्ञाकारी छात्रा बनें, त्यो मेसेजडिलिट गरिदिएँ ।
घटना त टुंगियो, तर म मानसिक रूपमा विक्षिप्त जस्तै बनें । त्रिवि परिसर टेक्दा पनि त्यही घटना आँखाअघि आउन थाल्यो । हातमा सर्टिफिकेटको थुप्रो, नामअगाडि ‘डा।,’ मानिएका बौद्धिक, तर महिलाप्रतिको व्यवहार !
‘फेसबुक र मेसेन्जरमा मलाई बेवास्ता गरे पनि क्लासमा भेट अवश्य हुन्छ, कसरी बच्नुहुन्छ ?  विचार गर्नुस् ।’ शब्दशः यही बोलेको थियो त्यो विद्यार्थीले !
बारम्बार अनावश्यक मेसेज गर्नेहरूलाई झैं उसलाई पनि मैले ब्लक गरेकी थिएँ । कलेज विद्यार्थी युनियनमा आबद्ध उसले त्यसअघि लेखेको थियो— ‘मलाई सहयोग गरे तपाईंलाई राम्रो हुन्छ, आवश्यकता दुवैको हुन सक्छ, यहाँ टिक्न मन छ भने भनेको मान्नुस्  ।’
आफ्नै विद्यार्थीले, आफ्नै सन्तानसरह केटोले मलाई धम्क्याउँदै थियो । आफ्नो त्यो विद्यार्थीलाई त्यही रूपमा सम्झिनु मेरो भूल भइसकेको थियो । मलाई अध्यापनप्रति नै वितृष्णा हुन थाल्यो । मानसिक तनाव अति भयो । त्यो कलेजको गेटभित्र पस्दा खुट्टा काम्न थाले, कक्षामा उसकै अगाडि बसेर पढाउनुपर्दा हीनताबोध हुन थाल्यो । त्यो मेरा लागि परीक्षाको घडी पनि थियो । मन बदलें र उसलाई एक पटक सुधार्ने कोसिस गर्छु भनी युनियनका केही विद्यार्थी भाइसँग सप्रमाण सहयोग मागें । उनीहरूले ‘एक पटक माफी दिनुस्, अब गल्ती गर्दैन’ भन्ने वाचा गरे । त्यसपछि मेरो अवस्था सामान्य हुँदै गयो ।
म सामाजिक सञ्जालमा निकै सक्रिय छु । फेसबुक र ट्वीटर सार्वजनिक ठाउँ हुन् । तिनमा अलि बौद्धिक वर्गको हालीमुहाली भए पनि हैकमवादी सोचको उपस्थिति कम छैन । मेरा लागि सामाजिक सञ्जाल व्यक्तिको सोच र मानसिक दरिद्रता अध्ययन गर्ने थलो पनि भएको छ । केही महिनाअघि आफैं ‘साइबर बुलिङ’ को नराम्रो सिकार भएँ ।
कुनै अपरिचित व्यक्तिले बारम्बार मेरो चरित्रमाथि सञ्जालमार्फतै औंला उठाएर मानसिकता खलबल्याइदिए । कमेन्ट मेट्न नमिल्ने, बेवास्ता पनि गर्न नसकिने ! साथीभाइ र परिवारजनले त्यसको सामना गर्ने साहस दिए । कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढ्यो, अहिले अनुसन्धानमा छ । सञ्जालमा अभिव्यक्त हुने यस्ता प्रतिक्रिया वा भनाइबाट, महिलाप्रति हाम्रो पुरुषसमाज कस्तो धारणा राख्छ भन्नेप्रस्ट हुन्छ ।
जे भोगें, त्यो मेरो मात्र भोगाइ होइन । घरबाहिर निस्किने प्रायः महिलाको भोगाइ यस्तै छ । हामी प्रतिकार गर्न सक्दैनौं, संकोचले रोक्छ । परिवार, इस्टमित्र, समाजले के भन्ला भन्ने डर अझै हावी छ हामीमा । कहीं न कहीं ‘भिक्टिम ब्लेमिङ कल्चर’ बाट हामी प्रभावित छौं । महिला भन्नेबित्तिकै सहनशील हुनुपर्ने पुरातन ‘अब्जेक्ट’ बाट हामी उम्किन सकेका छैनौं । घरभित्र आमा, बहिनी, श्रीमती, छोरीलाई सम्मान गर्न सक्ने पुरुष घरबाट निस्किनेबित्तिकै महिलाको अस्तित्वस्वीकार गर्न किन गाह्रो मान्छ रु केहीअंग फरक हुनेबित्तिकै यति बलियोबन्न सकिन्छ र रु
पुरुषको कथित ‘मर्दानगी’ विकसित हुनमा घरपरिवार, इस्टमित्र, स्कुल, कलेज, सञ्चारमाध्यम, धर्म, राजनीति सबैको भूमिका छ । यो शक्ति जुन शारीरिकभन्दा बेसी मानसिक छ, जसका कारण कुनै गुरु वा विद्यार्थी वा सामाजिक सञ्जालमा भेटिने जोसुकैले कहिल्यै नभेटिएकी महिलालाई समेत ‘पौरुष’ को आडलिएर सहजै आक्रमण गर्ने हिम्मत जुटाउँछ ।
महिलाको लडाइँ पुरुषसँगनभई हैकमवादी सोच जन्माउने,हुर्काउने र विकास गर्ने सामाजिकप्रवृत्ति, सिकाइ, संस्कारसँग हो । व्यावहारिक रूपमै विभेद हटाउन परम्परादेखिका महिलाकेन्द्रित लाञ्छना, आरोप, मान्यता तथा दृष्टिकोण हटाउन जरुरी छ । अमिल्दा मान्यता, हामी पुरुषसरह हुन सक्दैनौं भन्ने सोच डिलिट गरिहालौं ।  असार २ गतेको कान्तिपुर दैनिकबाट साभार

निर्मला ढकाल समाजशास्त्र विषयकी लेक्चर हुनुहुन्छ ।

NEWS DOWN