इरानले खसाल्यो अमेरिकी जासुसी ड्रोन

अन्तर्राष्ट्रिय समाचार

काठमाडो ५ असार । इरानी रिभोल्युसनरी गार्डले अमेरिकी जासुसी विमान खसालेको दावी गरेको छ। त्यहाँको सरकारी समाचारमाध्यमले दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित खुमोबाराक नजिकै उँडिरहेको आरक्यू–४ ग्लोबल हक नामक मानवरहित जासुसी विमानलाई बिहीबार विहान इरानी आर्मीले निशाना बनाएको जनाएको छ। अमेरिकाले घटनाको पुष्टि पनि गरेको छैन, अस्विकार पनि गरेको छैन। घटनाबारे सिधै टिप्पणी नगरे पनि अमेरिकी सेनाका प्रवक्ताले इरानको आकासमा ड्रोन उँडाउने नीति नभएको बताए।