‘प्रेम गीत ३’ को लागि करुणा श्रेष्ठको अभिनय अहिलेसम्मकै उत्कृष्ट (भिडियो सहित)

Highlight मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ५ असार । आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘प्रेम गीत-३’ का लागि नायिकाको छनौट अन्तिम चरणमा पुगेको छ । निर्माण टिमले आह्वान गरेको अडिसनमा सहभागी भएका दुई हजार ७१४ युवती मध्ये उत्कृष्ट २५ को अन्तिम फाइनल हुने तयारीमा रहेको । उत्कृष्ट २५ हरुले अडिसनमा प्रस्तुत गरिएको पफमेन्सको भिडियो युटयुवमा अफलोड गरिएको छ ।
आशुसेन फिल्मस् को युटयुव च्यानलमा अफलोड गरिएका भिडियोहरु मध्ये करुणा श्रेष्ठले अडिसनमा गरेको अभिनयलाई उत्कृष्ट अभिनयका रुपमा लिइएको छ । युटयुवमा भिडियो अफलोड भएको केही मिनेटमा नै हजारौले भिडियो हेरेका छन भने उत्कृष्ट अभिनय भन्दै कमेन्ट गरेका छन । करुणासंगै अन्य २५ युवती गीत बन्नको लागि प्रतिस्पर्धामा छन ।
हेर्नुहोस भिडियोमा