मुख्य समाचारको माथि

नेकपा भित्र के हामी आमा नारीलाई ‘रण्डी’ भन्ने प्रचलन छ ?

विचार

मेरो देश सौर्न्दर्यको खानी अनि विधाताले विश्वभरीकै सुन्दरतालाई जम्मा पारेरा खन्यको मुलुक हो,म र म जस्ता लाखौं नारीको जन्म भुमि नेपाल ।
नारी सिङ्गो राष्ट्रकि मुहान हुन११ रास्ट्रका उत्थान र पतनमा नारी जातिले महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन्छ । नारीहरुको सम्मानहुँदा राष्ट्र सम्मानित हुने, नारीहरुको अपमान हुँदा रास्ट्र नै ध्वस्त र अपमानित हुनेगर्छ ।
त्येसैले त फ्रान्सका सम्राट , नेपोलियनले भनेका छन कि ‘तिमी मलाई असल आमा देउ म संसारलाई असल राष्ट्र दिन्छु ।’ आज राष्ट्रभक्त वा कुसल नेतृत्व हुनका लागी तिनै महान आमा नारीका ठुलो हात रहेको हुन्छ । खै त बुझेको द्धारिकालाल् जि ?
तीन बर्ष अगाडीमात्र यस्ता सुन्दर सपना बुन्दै हामी आफ्नो अमुल्य मतदान दिएका थिए ताकि मेरो देश नेपालमा विकासको राजनीति हुनेछ ,राजनैतिक विसङ्गती र विकृतिहरुलाई हटाउदै जनताको आस्था र विश्वास जितेर निर्वाचित प्रतिनिधिहरु व्यक्तिगत चिन्तन अनि सोचको गर्तबाट माथी उठेर स्वच्छ राजनितीको र राष्ट्रिय विकासका अभियानमा संलग्न हुनेछ्न।
नदीको भर्‍याङ चढेर सत्ता आरोहण गर्ने दुस्प्रयास हुने छैन । न त नदीनाला सुम्पेरै सत्ता जोगाइराख्ने अभ्यास नै हुनेछ ।सत्ता समिकरणभन्दा विकासको समीकरणमा बढी जोड हुनेछ । कृषिप्रधान देश कुर्सीप्रधान देश बन्नेछैन । देशप्रेमिहरुको बिचल्ली हुनेछैन । नारी र पुरुषमा कुनै बिवेद हुनेछैन । बर्षमा एक दिन बन्द कोठाभित्र बसेर सहिदहरु प्रति ओठभक्क्ती र सहिद परिवारका आशुको मदिरापन पनि गरिनेछैन । हामी युवाहरु कान्छा र बहादुरका नाममा विदेशिनु पर्ने छैन । बाचुन्जेल तिरस्कार मरेपछि पुरस्कार दिने प्रथा बन्द हुनेछ । अनि भष्ट्राचारि, बलात्कारि र चोरलाई संरक्षन गर्ने छैन । घुसलाई कमिसनको रूपमा न्वारान हुनेछैन आदि इत्यादि ।
सुन्दर सपना देख्दै मेरो अमुल्य भोटबाट राजनैतिक, सामाजिक , प्रशासनिक एवम् देशमा देखिएका यावत विसङ्गतीहरुले बिदा लिने छन् र यहाँ सबै जातजति अनि भाषाभाषिको उत्तिकै सम्मान हुनेछ तर दुखद कुरो जहाँ दिन दिनै ३ महिने बालिका देखी ९० बर्ष सम्माकी हजुर आमाहरु बलात्कृत अनि विविध बहानामा हामी नारीलाई ‘रण्डी’ को उपनाम त्यो पनि जनप्रतिनिधिबाटै यस्ता ? हामी कहाँ छौ र के हुदै छ तपाईंको सरकार हामी जनता बुझ्न् चाहाछौं ।
मेयरज्युको कुरो सापटी लिदै नेकपा भित्र के हामी आमा नारीलाई ‘रण्डी’ बन्ने प्रचलन छ ?‘रण्डी’ को र कस्तालाई भनिन्छ ? कि तपाईंको सरकारमा यो नया नियम छ ?

-आङ डोमा शेर्पा

(लेखक हिमालय शेर्पा सास्कृतिक केन्द्रकी बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ)

NEWS DOWN

Loading...