प्रकाश सपुतको दोहोरी ब्याटल पनि चोरी गरेको आरोप त्यो पनि स्वर सम्राट नारायण गोपाल कै गित (प्रमाण भिडियो सहित)

Highlight मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौं, ६ असार । प्रकाश सपुतको गलबन्दी हिट भएसंगै चोरीको आरोपले पनि बजारमा तहल्का पिटेको छ । सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठ गायक शम्भु राईको देउसी गीतबाट चोरी गरिएको आरोप लागेको छ । तर यो विषय सेलाउन नपाउदै सपुत कै अर्को हिट गित दोहोरी ब्याटल पनि चोरेर बनाएको आरोप लाग्न थालेको छ ।
सपुतले दोहोरी ब्याटल अरु कसैको नभएर स्वर सम्राट नारायण गोपाल कै गित कपी गरेको आरोप लागेको छ । युवाहरुले निक्कै रुचाएका लोक दोहोरीको इतिहास मै पहिलो अनौठो अभ्यास थियो सपुतको लोक दोहोरी ब्याटल । गलबन्दी अगाडी यो गितले नै बजार तताएको थियो । तर यो गित पनि चोरी भएको आरोप लाग्न थालेपछि प्रकाश सपुतका फ्यानहरुलाई भने निराश बनाएको छ ।
शम्भु राईले झैँ दोहोरी ब्याटल कपी भएको विषयमा कसैले दावी गर्न नआएपनि दर्शक श्रोताको माझबाट नै यो खुलासा भएको हो । प्रकाश सपुतको दोहोरी ब्याटल र नारायण गोपालको जुन गितहरु एक पछी अर्को सुन्दा लगभग हुबहु लय मिल्न जान्छ ।
यस विषयमा भने प्रकाश सपुतले प्रतिक्रिया जनाएका छैनन् ।
हेर्नहोस भिडियोमा