दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त !

Highlight खेलकुद

काठमाडौ ९ असार । विश्ववकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकाविरूद्ध ४९ रनको जित दर्ता गराएको छ।
लर्ड्स, लण्डनमा खेलिएको विश्वकपको ३० औँ खेलम पाकिस्तानले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनाएको थियो । जवाफमा ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकन टिमले ५० ओभर ९ विकेट गुमाउँदै केबल २५९ रन बनाउन सक्यो। यो खेलमा हारिस सोहेल म्यान अफ द म्याच भए।
पाकिस्तानसँग नमिठो हारसँगै दक्षिण अफ्रिका विश्व कप(२०१९ को सेमीफाइनल पुग्ने सम्भावना पनि करिब समाप्त भएको छ।