मेयरको घरमा एकाबिहानै प्रेसर कुकर बम

Highlight मुख्य खबर समाचार

नुवाकोट, १० असार । नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।
नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।
अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।