विपन्‍न विद्यार्थीको लागि सिद्धार्थ बैंकले सहुलियत कर्जा दिने

Highlight अर्थ अर्थतन्रा बैंक तथा सहाकरी

काठमाडौं ११ असार । सिद्धार्थ बैंकले न्यून आर्थिक अवस्था, सीमान्तकृत र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ ।
स्वदेशमै उच्च शिक्षा हासिल गरी उद्यमी बन्‍न चाहने युवाका लागि बैंकले उक्त कर्जा उपलब्ध गराउने भएको छ । उक्त कर्जाको कार्यान्वयनका लागि सिद्धार्थ बैंक र कलेज अफ अप्लाइड फुड एण्ड डेरी टेक्नोलोजी कलेजबीच बैंकिङ सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाडौंको मिनभवनमा रहेको उक्त कलेजमा फुड तथा डेरी टेक्नोलोनीमा स्नातक, स्नातकोत्तर गर्न चाहने विद्यार्थीलाई बैंकले अन्य शुल्क नलाग्ने गरी आधार दरमा २ प्रतिशतमात्र प्रिमियम जोडी हुन आउने व्याजदरमा शैक्षिक कर्जा प्रवाह गरिनेछ । उक्त व्याजदरमा नेपाल राष्ट्र बैंकले ५ प्रतिशत सहुलियत प्रदान गर्नेछ ।
बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा र रोजगारीमा प्रोत्साहन गर्न यस्तो कर्जा सुविधा सबै शाखाहरुमार्फत उपलव्ध गराउने जनाएको हो । सिद्धार्थ बैंकको चुक्ता पँुजी आठ अर्ब ८८ करोड छ। कुल निक्षेप एक खर्ब १४ अर्ब र कर्जा एक खर्ब सात अर्ब पुगेको छ ।
बैंकले देशभर १५६ शाखा, १०० सय शाखारहित बैंकिङ्ग ९४ वटा एक्स्टेनसन काउन्टर सहित० र १ सय ६९ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।