ओखलढुगाको स्थानीय उत्पादनबाट बनेको अर्गानिक परिकार अब अर्गानिक फुड मार्टमा

Highlight समाचार

काठमाडौ १७ असार । हिजो आज हामीले खाने खानामा अत्याधिक मिसावट हुने गरेको छ । जसका कारण  खानामा स्वाद नहुने अनि स्वास्थ्यमा गडबढी हुने जस्ता समस्याहरु देखिइरहेका छन । राजधानीका कतिपय होटलहरुमा स्वादहन परिकार हुने भएका कारण ग्राहकहरु आफनो स्वाद अनुसारको खानेकुरा खाना पाइरहेका छैनन ।
पछिल्लो समयमा केही युवाहरु विदेशबाट फर्किएपछि आफनै देशमा केही गरौँ भन्ने भावना सहित कुनै ठाउ विशेषको स्थानीय अर्गानिक स्वादमा ग्राहको स्वाद अनुसारका खाना खुवाउने उद्देश्य सहित विभिन्न पहिचान सहित होटल तथा रेष्टुराँहरु सञ्चालन गर्न थालेका छन ।
ओखलढुगा खिजिदेम्बाका आङकामी शेर्पा यतिबेला ओखलढुंगाको स्थानीय उत्पादनबाट बनेका अर्गानिक खाना खुवाउने उद्देश्यले काठमाडौको अत्तरखेलमा अर्गानिक फुड एण्ड मार्ट (अगानिक चुल्हो) खोलेर ग्राहकको मन जिति रहको छ । विदेशको भोगाइ सिकेको शिपलाई स्वदेशमा सदुपयोग गरौ भन्न उद्देश्य सहित आङकामी शेर्पाले ओखलढुंगाको छुट्टै पहिचान सहितको अर्गानिक खाने कुराबाट आफनै पहिचान बनाइरहेका छन ।
आखलढुंगामा फलेको धानको चामल, फापरको ढिडो, गहुँको ढिडो, सिस्नो, गुन्दु्रकको अचार, लोकल कुखुरा लगायत सबै कुरा स्थानीय उत्पादनलाई प्राथमिकता दिनु अर्गानिक फुड मार्टका विशेषता हुन । लोकल खाना त्यापनि ओखलढुंगाको खिजिदेम्बाका स्पेशल खाना खान पाइने भइएका कारण अर्गानिक फुड मार्टमा ग्राहकहरुको भीड ने लाग्ने गरेको छ । यहाँ आउने ग्राहकहरु सबै सन्तुष्ट नै दखिन्छन । अर्गानिक फुड मार्टमा खानामात्र नभएर अर्गानिक दाल चामल पिठो लागायत किन्न पाउने व्यवस्था समेत रहेको सञ्चालक आङकामी शेर्पा बताछन । करिब ४० लाखको लगानीमा सुवधा सम्पन्न अर्गानिक फुड मार्टकम सेमिनार हलको समेत व्यवस्था गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •