मुख्य समाचारको माथि

वडा सदस्यमाथि गोली प्रहार

Highlight मुख्य खबर राजनीति

काठमाडौ १८ असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का वडासदस्य रामजी चेपाङमाथि गोली प्रहार भएको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको परिवारजनले बताएका छन् ।

चितवनको राप्ती नगरपालिका १३ गाम्दाका इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारको आरोप छ । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीमाथि बलात्कार प्रयास गरेको मुद्दा लागेका इन्द्रले आफूलाई पक्राउ गर्न प्रहरीलाई सघाएको रिसका कारण रामजीमाथि गोली हानेको परिवारजनको आरोप छ ।

NEWS DOWN