गायिका जानकीको ‘आँखामा गाजल’, भिडियोमा हेर्नुहोस कस्तो देखियो (भिडियो सहित)

Highlight मनोरञ्जन समाचार

काठमाडौं २० असार । दर्जनको हाराहारीमा गीत रेकर्ड गराइसकेकी गायिका जानकी कुँवरले फेरी अर्को आइटम गीत दर्शकहरुको माझ लिएर आएकी छन् । लोक तथा आधुनिक गीत गाउदै आएकी कुँबरले यो पटक भने गजल आइटम गीत ‘आँखामा गाजल लाकी छु’ लिएर आएकी हुन । उक्त गीत यतिबेला यूटुब मार्फत सार्वजनिक भइसकेको छ ।
सुमधुर स्वरकी धनी गायिका कुँबरको स्वरमा रहेको यस गीतलाई गायिका स्वयम आपैmले शब्द तथा संगीत गरेकी छन । गीतको म्युजिक भिडियोलाई राम केसीले निर्देशन गरेका छन भने हरी लामाले छायांकन गरेका छन । गीतको भिडियोमा सुरेश सुदिप लगायतको अभिनय रहेको छ