मुख्य समाचारको माथि

छवि ओझाबाट असुरक्षित भएको भन्दै शिल्पा पोखरेल पुगिन प्रहरीकोमा, ओझाले शिल्पाको कानको जाली फुटाइदिए

Highlight मनोरञ्जन मनोरञ्जन समाचार समाचार

काठमाडौं २५ असार । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपटको विषय बाहिरिएको छ ।लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा गोप्यरुपमा बिबाह भएको थियो ।अहिले छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् ।

नायिका शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। नायिका पोखरेलले श्रीमान छविराज ओझाबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए। उनले भने, ‘हो शान्ति सुरक्षा माग गर्दै हामीलाई उजुरी गर्नुभएको छ हामीले दुवैलाई छलफलमा बोलाएका छौँ।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । ओझाको कुटपिटपछि शान्तिसुरक्षा को माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् ।

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टिका लगाएर दाइ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् ।यस विषयमा प्रतिक्रिया लिन निर्माता ओझालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन्। शिल्पा सँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् । स्मरण रहोस्, शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए ।

छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए। शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएको ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन्।

NEWS DOWN