मुख्य समाचारको माथि

भोजपुरमा गोली हानाहान एक प्रहरीसहित २ जनाको मृत्यु

मुख्य खबर समाचार

भोजपुर २५ असार । भोजपुरमा गोली चल्दा २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना सिभिल प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको प्रहरीले बताएको छ ।
गोली किन र कसरी चल्यो भन्ने अनुसन्धान भइरहेको छ । अहिले भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

NEWS DOWN