मन्त्री लालबाबु पण्डित कार्यक्रमस्थलबाटै लखेटिए

Highlight मुख्य खबर समाचार

काठमाडौँ २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई शुक्रबार एक कार्यक्रममा कार्यक्रमस्थलबाटै लखेटिएको छ ।आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर हो–हल्ला गर्दै मन्त्री पण्डितलाई लखेटका हुन् ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको अध्यक्षता गर्न ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितमाथि कालोझण्डा बोकेका युवाहरू अवरोध गरे ।भित्र बैठक चलिरहेका बेला केही युवाहरु ‘लोकसेवाको विज्ञापन खारेज गर्’, ‘लालबाबु पण्डित राजीनामा दे’ लगायतका नारा लगाउँदै बैठकस्थलमा प्रवेश गरेका थिए ।

समावेशीता नबनाईकन कर्मचारी भर्ना गर्न लोकसेवा आयोगको विज्ञापन आह्वान गरेको, गुथि विधेयक विरुद्ध नेवाः समुदायले गरेको आन्दोलनको भावना विपरित बोलेको भन्दै युवा तथा विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । समावेशीता आन्दोलनको रुपमा नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला लागयतले भोलीदेखि आन्दोलन गरिदैछ । आन्दोलको पूर्व सन्ध्यामा त्यसरी मन्त्रीलाई कालो झण्डा देखाउदै नाराबाजि समेत गरेको थियो ।युवाहरूको अवरोधले स्थिती नियन्त्रणबाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्रीमाथि हुलदंगा भएपछि परिषद्को बैठकसमेत स्थगित भएको छ ।