डा.सुरेन्द्र केसीलाई करिष्माको चेतावनी, ‘आइन्दा यस्तो नबोल्नुस’

Highlight मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौं १४ असार । अभिनेत्री करिष्मा मानन्धरले राजनीतिक विश्लेषक सुरेन्द्र केसीले दिएको अभिव्यक्ती प्रति आपत्ती जनाएकी छन् ।

एक कार्यक्रममा डा. केसीले दिएको अभिव्यक्तिको विरोध गर्दै उनले आफ्नो फेसबुकमा मंगलवार यस्तो स्टाटस लेखेकि छन् ।

डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाँही के बोल्नु हुन्छ के !!! त्यो उहाँ बोलाइको आधारमा उहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!

हालै एउटा अन्तरवार्तामा उहाँले भन्नू भएको रहेछ कि सिनेमाका व्यक्तीहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाई निम्न स्तरमा पारेका छन् र उदाहरण दिदां मेरो श्रीमान बिनोदजीको नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोदजीले उहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे!  अनि म करिश्माको श्रीमान भन्नूभयो रे! त्यसबाट बिनोदजीले आफ्नो इज्जत घटाउनु भयो रे !! उहाँले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे? यस्ता त छन अनि के इज्जत हुनु रे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति )। यदी करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्नसक्छ भने बिनोदजीले म करिश्मा मानन्धरको श्रीमान् भन्दा के बेइज्जत भयो ?

उहाँजस्तो व्यक्तित्वबाट मैले यो आशा गरेको थिइन ।

जबकी जब बिनोद जी पोखराबाट फर्किनुभयो कस्तो उत्साहित भएर भन्दै हुनुहुन्थ्यो- मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गएँ , ( बिनोदजीले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र उहाँको भनाइ मनपराउनु हुन्छ )

बिनोदजीले आफ्नो परिचय दिदां करिश्माको श्रीमान भनेकोले बिनोदजी कसरी इज्जतविहिन हुनुभयो डा . के सी ?

जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानी सरहको व्यवहार गर्छ ।

अनि जो मनिस तपाईंको आगाडि सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उसको कमजोरी होइन त्यो उसको बडप्पन हुन्छ ।

त्यही बेला तपाईं , बिनोद र मेरी छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन त्यो कुरामा कबु म सग रिसाएको थियो !! त्यो तपाईंप्रति उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारणपन देखेर तपाईंको अनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस्।

बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।

सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाँले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।

अब आइन्दा बोल्दा विचार गर्नुहोला ।

सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।”

 

Loading...