सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

अर्थ अर्थतन्रा

काठमाडौ १७ साउन । सेञ्चुरी कमर्सियल बैंकले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको सुर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई हस्तान्तरण गरेका हुन । कम्प्युटर हस्तान्तरण समारोहमा प्रदेश ३ शभाका माननिय सदस्य ससिजङ्ग थापा तथा विद्यालयका शिक्षकशिक्षिकाको पनि उपस्थिती थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

Loading...