विपलवका दुइ कार्यकर्ता पर्चा पम्प्लेट सहित पक्राउ

Highlight मुख्य खबर राजनीति

काठमाडौ २१ साउन । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन । झापाको दमकबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पर्चा, चन्दा रसिदहरू समेत वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले बताए।
दमक २ स्थित वेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले विप्लवका झापा जिल्ला सदस्य सोहि वडा बस्ने वर्ष ३० का सुवास राई र २८ वर्षीय पुकार योञ्जन (लामा) पक्राउ परेको जनाइएको छ। प्रहरीको अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको विशेष सूचनाका आधारमा उनीहरूलाई कार्यकर्ता पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि दमक प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ सुब्बाले जानकारी दिए।

Loading...