मुख्य समाचारको माथि

साघुटार अग्निपिडितलाई राहत बिततण

Highlight मुख्य खबर समाचार

रामेछाप ३२ साउन । रामेछाप जिल्लाको पूर्वी सिमाना लिखु नदीको किनारको ब्यापारिक केन्द्र साघुटारमा हालै भएको आगलागिबाट पिडित परिवारलाइ नगद साथै राहत सामाग्री बितरण गरिएको छ।

ओखलढुंगा बिपद व्यबस्थापन समाज, लायन्स क्लब अफ काठमाडौं ओखलढुंगा (District 325 A1), लायन्स क्लब अफ काठमाडौं रिजेन्सि(District 325 A2) लगाएत अन्य लायन्स क्लबहरु समेतको सहकार्यमा नगद तथा राहत सामाग्री बितरण गरिएको हो। ओखलढुंगा बिपद व्यबस्थापन समाजका का बा अध्यक्ष एवम नेकपा नेता पेशल खतिवडा, लायन्स क्लब अफ काठमाडौं ओखलढुंगा का अध्यक्ष एवम काङ्रेस नेता बालकृष्ण दाहाल, उपाध्यक्ष एवम नेकपा नेता नानीबाबु बुढाथोकी, लायन्स क्लब अफ काठमाडौं ओखलढुंगा का सचिब साथै ओखलढुंगा बिपद व्यबस्थापन समाज का सदस्य काङ्ग्रेस यूवा नेता कुमार लुइटेल, समाजका महासचिव गुरु केदार बराल, सदस्य एवम नेकपा नेता बाबुराम गौतम, लायन्स क्लब अफ काठमाडौं रिजेन्सिकी अध्यक्ष अम्बिका भट्टराई र लायन लिडर मनोज सापकोटा सहितको टोलीले एक कार्यक्रमका बीच सो राहत सामाग्री बितरण गरेको हो।

ओखलढुंगा जिल्लाका बिकास एवम विभिन्न मानबीय गतिबिधिहरुमा बिगत चार बर्षदेखी सकृय संस्था ओखलढुंगा बिपद व्यबस्थापन समाज र लायन्स क्लबले संयुक्त रुपमा अग्निपिडित छ परिवारलाइ प्रती परिवार नगद दस हजार, चामल, पाल, कुकर, ब्लान्केट लागयतका सामाग्री बितरण गरिएको कुरा ओखलढुंगा बिपद व्यबस्थापन समाजका सदस्य, लायन्स क्लब अफ काठमाडौं ओखलढुंगाका सचिब एवम ओखलढुंगा जिल्लाका काङ्ग्रेस यूवा नेता कुमार लुइटेलले बताउनु भयो।

NEWS DOWN