भक्तपुरको लोकन्थलीमा सडक भासियो, ४ वटा घर खतरामा

मुख्य खबर समाचार

काठमाडौ ३ भदौ । भक्तपुरको लोकन्थलीमा सडक भासिएको छ । सोमबार राती परेको बर्षासंगै सडक भासिएको हो । प्राप्त जानकारी अनुसार सडक करिब ५० फिट तल भासिएको छ । अहिले नेपाली सेना, स्थानीय र प्रहरीले जोखिम न्यूनीकरणका लागि पहल गरिरहेका छन्।

सडक भासिएपछि स्थानीयलाई आवतजावत गर्न समस्या उत्पन्न भएको छ । बाटोभन्दा माथि रहेको ४ वटा घर बाटोसंगै भासिने खतरा देखिएको छ। बाटोभन्दा मुनि खानेपानीको ट्यांकी खन्ने काम भैरहेको थियो। बाटो भासिएपछि बाटो, ढल र खानेपानी अवरुद्ध भएको छ ।

Loading...