अदालतको आदेशसंगै भरतपुरमा झडप, ६ जना प्रर्दशनकारी प्रहरी नियन्त्रणमा

मुख्य खबर समाचार

भरतपुर ३, भदौ । जिल्ला अदालत भरतपुरको आदेश आए लगत्तै चितवनको भरतपुरमा स्थिती तनाव भएको छ । रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । प्राप्त जानकारी अनुसार प्रहरीसंगको झडपका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरको चौविसकोठीमा प्रदर्शन सुरु गरेका थिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।

Loading...