मुख्य समाचारको माथि

नेपालको नमुना पोकली झरना हेर्न जाऊ

साहित्य

-हरि बहादुर श्रेष्ठ

सेतो छलछली पहाडको सिरबाट छलल्कदै छ झरनाको पानी
ओखलढुङ्गाको लिखु गाउपालिका भन्ने ठाउँ घुम्न जाउ यसपाली
पोकलीमा स्वछ हावापानी कति राम्रोछ रमणीय यो ठाउँ
स्वदेशी विदेशी पर्यटनहरु एकचोटी पाकली झरना हेर्न जाऊ

झरनाको वरीपरी छेउ वाट हिम सृखलाको दृश्य देखिन्छ
अलितल लेती भन्ने ठाउँमा हलेसी महादेव मन्दिर भेटिन्छ
लिखु खोलाको छेउमा रहेको सुन्दरहेछ यहाँ अवस्थित गाउँ
नेपालको नमुना पोकली झरना धुम्न एकफेर सवै जाऊ

स्थानिय किवदन्ती अनुसार सुनवन झाक्रिको वासथान भएको ठाउँ
विभिन्न जनजाति मिलीजुली वनेको सुन्दर छ यहाँको गाउँ
सुनुवारको चन्डीनाच, बाहुनको भजन, तमाङ्गसेपाको डम्फु सेलो यहाँ
पर्यटनहरुको दृष्टिकोले नेपालकोे नमुना छ पोकली झरना जहाँ

अरनिको सुपर चढी खुरकोट मन्थलीहुर्दै ढाँकेको पुल तरुम
लिखु खोलाको माछाको स्वाद स्थानिय खानाखान पोकलीमा झरुम
सवैतिर सुन्दा पनि नमुनाछ यहाँ अवस्थित भएको यो ठाउँ
जसरी पनि एकचोटी ओखलढुङ्गाको पोकली झरना घुम्न जाऊ

लेखवेसी पहाडको चिसो हावा पानी ओकाली ओराली गर्दै
स्थानिय उत्पादन गुद्रुक ढिडो, वुक्माको आलुको स्वादमा रमाउर्दै
भिर पार्खा हरियालि वनजंङगल भएको झरनावाट वनेको गाउँ
जसरी भए पनि २०७६ सालमा पोकली झरना हेर्न जाऊ

NEWS DOWN

Loading...