वडाअध्यक्ष लुइटेललाई रिहाइ गर्न ओखलढुंगा कांग्रेसको आग्रह

Highlight मुख्य खबर राजनीति समाचार

ओखलढुंगा २६ भदौ । ओखलढुंगाको चम्पादेवी गाउपालिका वडा नं। ८ का वडाध्यक्ष पक्राउ गरेकोमा नेपाली कांग्रेस ओखलढुंगाले आपत्ति जनाएको छ । सबै तहका जनप्रतिनिधि कार्यलयमा काम गरिरहेको अवस्थामा वडा नं ८ का वडाध्यक्ष अजय लुइटेल भने प्रहरी हिरासतमा छन । लुइटेललाई सदरमुकाम ओखलढुंगा गएको समयमा प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएपछि नेपाली कांग्रेस ओखलढुंगाले आपत्ति जनाएको हो ।
काग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवारले विज्ञप्ती जारी गर्दै वडाध्यक्ष लुइटेललाई रिहाइको माग गरेका छन । सभापतिद्दारा जारी विज्ञप्तीमा सामान्य छलफलका क्रममा भएको भनाभनको विषयलाई नियोजित रुपमा लिएर अभद्र व्यवहार गरेको भनी आरोप लगाइ प्रहरी हिरासतमा राखिएकोमा कानुनी राज्य र विधिको शासनको उपहास गर्ने कार्य भएको भन्दै त्यस्तो कार्य बन्द गर्न समेत आग्रह गरिएको छ ।

चम्पादेवी गाउपालिका वडा नम्बर–७ का वडाअध्यक्ष सुरेश थापाले आफूमाथि वडा नं. ८ का वडाध्यक्ष लुइँटेलले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लुइँटेलले मादक पदार्थ सेवन गरी असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन् ।
जिल्लामा जनप्रतिनिधि पक्राउ गरिएको यो पहिलो घटना हो । राजनीतिक पहुचका आधारमा सामान्य घटनालाई ठुलो बनाइएको देखिएको छ । वडा नं। ७ का वडाध्यक्ष सुरेश थापा नेकपाबाट निर्वाचित हुन भने अजय लुइटेल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन । त्यसमा पनि सुरेश र अजय नातेदार हुन । पारिवारिक सम्बन्ध नजिक भएको दुइ जनाबीच आर्थिक कारोबार पनि भएको जानकारीमा आएको छ । आर्थिक कारोबारकै कारण दुइजनाबीच दुरी बढदै गएको अवस्थामा गाउपालिकामा भएको सामान्य विवादलाई इस्यु बनाइएको जानकारी प्राप्त भएको छ ।

Loading...