पर्यटन बर्षलाई लक्षित गर्दै सुरेश मगरका २ वटा गित आउदै, गोक्यो क्षेत्रमा छायाँकन

मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौ २६ भदौ । सोलुखुम्बु खुम्बु पासाङ ल्हमु गाउपालिका १ खरिखोलाका सर्जक सुरेश खप्तरी मगरको २ वटा गित चाडै बजारमा आउने भएको छ । खुम्बु पासाङ ल्हमु गाउपालिका हाम्रो गौरब हाम्रो शान बोलको गित र खुम्बियुलाको फेदमुनि हामी बालबालिका बोलको बाल गित बजारमा आउन लागेको हो
सर्जक सुरेश मगरले प्राकृतिक सौन्र्दयको धनि सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउपालिका त्यसैभित्र पर्ने बिश्वको सर्बोच्च शिखर सगरमाथाले लोभ्याएको ठांउ त्यही प्राकृतिक सौन्दर्यलाई शब्दमा (खुम्बु पासाङ ल्हमु हाम्रो गौरब हाम्रो शान ) भब्य तरिकाले उतारेका छन । उनले पर्यटन बर्ष २०२० लाई बिशेष मध्यनजर गर्दै साथै खुम्बपासाङल्हमु गाउपालिका लाई पर्यटकीय स्थानिय तह घोषणा गरेसंगै अझै गाउपालिकालाई चिनाउनकै लागि यो गितको रचना गरेको बताए । उक्त गितमा यस गाउपालिका भित्र पर्ने हरेक कुराहरुलाई जोडिएको छ ।
गीतको भिडियो सगरमाथा प्रबेश द्वार खरिखोला लुक्ला नाम्चे बजार खुम्जुङ क्षेत्रमा छ्याङ्कन गरिएको छ । सुरेश खप्तरी मगरको शब्द, शंकर थापाको कम्पोज तथा बिश्व अधिकारीको सँगित संयोजनमा चर्चित गायिका मेलिना राई र नेपाल आईडलका टप ४ का चिर्चित गायक सागर आले मगरले लोभ लाग्दो आवाज भरेका छन् । साथै सुरेश खप्तरी मगर कै अर्को बाल गित खुम्बयुलाको फेदमुनि बोलको संदेशमुलक गित पनि संगै आउने भएको छ । चर्चित बाल गायिका बिम्बु मगर र अंकित पुन मगरले आवाज भरेका यो गितलाई पनि बजारमा ल्याउन लागेको हो शिक्षा क्षेत्रलाई बिशेष महत्व दिएर रचना गरिएको यस गितले राम्रो संदेश दिन खोजिएको छ ।
यस गीतमा पनि सुरेश खप्तरी मगरकै शब्द रहेको छ भने शंकर थापाको कम्पोज तथा बिश्व अधिकारीको सँगित संयोजनमा रहेको छ । गीतको भिडियो नाम्चे र खुम्जुङ र गोक्यो क्षेत्रमा छायाङ्कन गरिएको हो ।
सुरेश मगर,डिरेक्टर भुपेन्द्र गुरुङ् मोडेल छिरिङ डोमा शेर्पा (जेनिफर) उमेश गुरुङ, उर्मिला गुरुङ मोडेल तथा क्यामेरा म्यान रविन थापा, बाल गायिका बिम्बु मगर दिपेश खत्री क्यामेरा टेकर आनन्द यादब, अभिनाश मानन्धरको टोलीले उक्त गीतको भिडियो तथा गिति बृत्तचित्र निर्माण गरेको हो ।
नेपाल सरकार पर्यटन मन्त्रालयले घोषणा गरिएको पर्यटन वर्ष २०२० लाइ मध्यनजर गरि यसै बर्ष खुम्बु क्षेत्र ‘पर्यटकिय स्थानिय तह’ घोषणा गरे सङ्गै पर्यटन प्रवर्धनको निम्ति ‘खुम्बु पसाङ्ल्हामु हाम्रो, गौरब हाम्रो शान’ भन्ने मुल उद्धेश्यका साथ  गिति बृत्तचित्र तथा गीतको भिडियो निर्माण गरिएको हो ।

 

Loading...