मुख्य समाचारको माथि

कामदारको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्न विभागको निर्देशन, फिर्ता नगरे कारबाहीमा लगिने

baidesik rojgar bhibhag
मुख्य खबर समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं २९ भदौ । इजाजत खारेज भएका म्यानपावर कम्पनीहरुले श्रमिकहरुको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्नु पर्ने भएको छ। वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ संसोधन भएसँगै नयाँ प्रावधान अनुसार श्रमिकहरुको पासपोर्ट र उनीहरुसँग लिएको नगद फिर्ता गर्नु पर्ने भन्दै वैदेशिक रोजगार विभागले सूचना जारी गरेको छ।

त्यस्तै विदेशी रोजगार दाता कम्पनीसंग रोजगार दातासंग लिएको माग पत्र बमोजिमको मागपत्र बमोजिमको जनशक्ति आपूर्ति गर्न नसक्ने व्यहोरा सम्बन्धित रोजगार दातालाई गराउने, नया मागपत्र नल्याउने एवं प्रमाणिकरण नगराउने, कार्यालयको नाम राखिएको बोर्ड हटाउनेदेखि कर्मचारीहरुको परिचयपत्र खारेज गर्नेसम्मका प्रावधान सुचना मार्फत जानकारी गराइएको छ।

साथै संस्थासंग सम्बन्धित उजुरी तथा मुद्दाहरुको फरफारक गराउन समेत विभागले सुचना मार्फत आग्रह गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै सरकारले म्यानपावर कम्पनीको धरौटी न्यूनतम २ करोडदेखि अधिकतम ६ करोडसम्म कायम गर्ने व्यवस्था गरेको थियो। त्यहि व्यवस्था अनुसार धरौटी नराख्ने ३ सय ३ वटा म्यानपावर कम्पनीको इजाजत खारेज भैसकेको छ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस