मुख्य समाचारको माथि

स्कुटरमा १३ लाख नगद र ४१ लाखको चेक बरामद

मुख्य खबर समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ३० भदौ । काठमाडौको त्रिपुरेश्वर चोकबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटरमा सवार मगरसँग शंकास्पद अवस्थामा १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट विभिन्न बैंक तथा वित्तिस संस्थाका गरी ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकहरु समेत बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका–२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस