मुख्य समाचारको माथि

बुढाे बिदेश बुढी भतिजाेलाई राती राती बाेलार रातभर मस्ती, दुवैको रामधुलाइ (भिडियो सहित)

Uncategorized
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ ३० भदौ । नाताले भतिज । सधैँ भतिज भनेर बोलाउने । तर सम्बन्ध भने भतिजभन्दा माथि श्रीमान जत्तिकै । दिनभर खेतबारी जोत्न लगाउने, खन्न लगाउने, काममा सहयोग गर्न बोलाउने र राति सँगै सुताएर मस्ती गर्ने । गाउँघरमा कसैले को हो रु भन्दै प्रश्न गर्दा ‘भतिज हो’ भन्दै जवाफ दिने ।
माथिको घटना दाङको हो । श्रीमान् विदेशमा रहेका बेला भतिज नाता पर्नेसँग मस्ती गर्ने गरेको आरोपमा स्थानीयले काकी र भतिजको रामधुलाइ गरेका छन् । सीता ९नाम परिवर्तन० ले आफ्नै गाउँका १८ वर्षीय मदन ९नाम परिवर्तन० लाई भतिज भन्दै आफूसँग सुताएको अवस्थामा फेला पारेपछि स्थानीयले दुवैजनालाई कुटपिट गरेका हुन् । क्रिश्चियन धर्म मान्दै आएकी र प्रार्थनाको लागि चर्च जाने गरेकी सीतालाई भतिजसँग सुतेको उनकै देवरले देखेका थिए ।
यस्तो छ घटना
छोराछोरीलाई अर्को कोठामा सुताउने । रात परेपछि भतिज नाता पर्ने गाउँकै मदनलाई बोलाउने । दिनभर घरमा खेतवारीको काममा लगाउने । अनि राति त्यही भतिजलाई आफूसँगै सुताउने । यस्तो चर्तिकला ती महिलाकै देवरले थाहा पाए । ती देवरले कपडा ओढेर एउटै ओछ्यानमा सुतेको देखे ।

एउटै ओछ्यानमा देखेपछि देवरले दुवैजनाको तस्बिर खिचेर मदनलाई दुई–चार झापड लगाएर पठाइदिए । त्यति गर्दा पनि नमानेपछि उनले कुटपिट गरे । त्यसपछि मदनका दाजुभाइ मिलेर सीताको देवरको हत्या गर्ने योजना समेत बनाए ।

बाटोमा जहाँ भेट्यो त्यहीँ खुकुरीले छप्काउने र एक भाइ जेल जाने योजनाका साथ मदनमा दाजुभाइहरू मौका कुर्दै आएको स्थानीयको आरोप छ । त्यो कुरा गाउँलेलाई जानकारी गराएपछि स्थानीय भेलाभएर काकीभतिजलाई पिटेका हुन् ।

देवरले काकीभतिजबारे साउदीमा रहेका आफ्ना दाइलाई जानकारी गराएका थिए । तर दाइले गाली गर्दै उल्टै ‘तैंले देखेको छस्’ भन्दै हप्काएका थिए । त्यसपछि ‘तपाईंलाई एक दिन प्रमाणसहित देखाउनेछु’ भनेका थिए देवरले । पछि आफूले आपत्तिजनक अवस्थामा रहेका भाउजू र मदनको तस्बिर दाइलाई पनि पठाइदिएको देवरको भनाइ छ ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस