मुख्य समाचारको माथि

महिला सशक्तिकरण अभियानमा जुटदै निरा गृहिणी समाज

मुख्य खबर समाज

काठमाडौ ३० भदौ । समाजमा महिलाहरुलाई उद्यमी बनाउने तथा महिला शसक्तीकरणको अभियान मार्पmत शिक्षित र सक्षम महिला बनाउने उद्देृश्य स्वरुप निरा गृहिनी समाजले एउटा महत्वपूर्ण कामहरु गर्दै आएको छ । सामाजिक उत्त।दायित्वको भावना सहित विसं. २०७५ सालमा दर्ता भएको सामाजिक संस्था निरा गृहिनी समाजले समाजका हरेक महिला महिला तथा बर्गहरुको लागि लक्षित गरेर विभिन्न प्रकारका तथा प्रशिक्षणहरु सञ्चालन गर्दै आएको छ । संस्थाले टपरी गास्ने, सिलाई बुनाइ, ब्युटिसियन लगायतका महिला उद्यमीसम्बन्धी प्रशिक्षणहरु सञ्चालन गरी महिला तथा विभिन्न बर्गहरुको व्यक्तित्व विकास गर्नुका साथै उनीहरुको आर्थिक जीवनस्तर उकास्दै आएको ।


समाजमा केही गरौ भन्ने भावना सहित निरा तिम्सिनाको प्रयासबाट यो स्थापना गरिएको हो । यस संस्थामा सबै क्षेत्रका विशेष गरी महिलाहरु समितिमा रहेर काम गरिरहेका छन । सामुहिक रुपमा सामाजिक काम गर्दै आएको सस्थाले वातावरणीय सरसफाइ क्षेत्रमा समेत काम गर्दै आएको छ । बाग्मती सरसफाइ अभियानमा सहभागी हुनुका साथै विष्णुमती सरसफाई अभियानमा सहभागीता जनाउदै आएको छ । संस्थाले गोदावरी खोला क्षेत्र सरसफाइ अभियान समेत सञ्चालन गरेको छ । महिला तथा बालबालिकाहरुको सहभागीतमा उक्त खोला सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियान २८ औँ हप्तामा प्रवेश गरिसेको छ । समाजमा रहेका महिलाहरुलाई सामाजिक अभियानबाट जागरुक बनाउनका साथै उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुराउन सकिन्छ कि भन्ने उद्देश्यले संस्थाको स्थापना गरी सामाजिक काममा लागि परेको संस्थाकी अध्यक्ष  समाजसेवी निरा तिम्सिना बताउछिन ।

 

NEWS DOWN

Loading...