मुख्य समाचारको माथि

सुजनको अभिनय रहेको ‘लुकी लुकी’ गीतको भिडियो सार्वजनिक, भिडियोमा सुजन र विमलाको अभिनय (भिडियो सहित)

मनोरञ्जन मनोरञ्जन समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौ ३० भदौ । अध्ययनसगै आफनो पेशालाई निरन्तरता दिदै काठमाडौमा बस्दै आएका सुजन भट्टराई मोडलिङमा जम्न थालेका छन । अघिल्लो महिना भट्टराईको डेब्यु भिडियो सार्वजनिक भएपछि एक मोडलिङ क्षेत्रमा किसिकको पहिचान बनाएका सुजको अर्को भिडियो यतिबेला सार्वजनिक भएको छ । पहिलो भिडियोबाटै दर्शकमाझ राम्रो प्रभाव पार्न सफल सुजनले अभिनय गरेको दोश्रो ‘लुकी लुकी’ बोलको गीतको भिडियो यतिबेला सार्वजनिक भएको छ ।

यो पनि पढनुहोस मोडलिङमा जम्दै सुजन

फिल्मको पर्दामा अन्य कलाकारहरुलाई देख्दा आफु पनि उनीहरु जस्तै सेलिब्रेटी बन्न पाए हुन्थ्यो भन्ने सुजनको मनमा सधै खेलिरहन्थ्यो । कसरी कलाकार बन्ने भन्ने कुराले सधैव उनको मनमा बास गरिरहन्थ्यो । आफु कलाकार बनेर चिनाउने सुजनको ठुलो चाहना थियो । उनले आफनो अध्ययनसंगै हेल्थ सेक्टरमा आफनो करियरलाई स्थापित गराउदै आफनो कलाकार बन्ने सपनाको खोजीमा उनी निरन्तर लागि रहे ।


यसरी आफनो सपनालाई साकार रुप दिन तल्लिन सुजनलाई के खोज्छस काना आँखो भने जस्तै भयो । गायक सुरेन चन्दको आवाजमा रहेको ‘विर्सन सक्ने भए।।।’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । डेब्युसंगै अर्को गीतमा पनि सुजनलाई अफर आयो र उक्त गीत यतिबेला युटयुवमा सार्वजनिक गरिएको छ । गायिका समिक्षा अधिकारी र गायक कुमार पौडेलको स्वरमा सजिएको ‘लुकी लुकी’ बोलको गीतमा सुजनले अभिनय गरेका छन । कुमार पौडेलको शब्द तथा राजकुमार बगरको संगीत रहेको उक्त गीतमा सुजको साथमा विमला खाजुम लिम्बुको अभिनय देख्न सकिन्छ । विनोद याखाको छायाँकन तथा उमेश कालिकोटेको निर्देशनमा तयार भएको उक्त भिडियो निकै आकर्षक देखाउन खोजिएको छ ।
हेर्नुहोस सुजनले अभिनय गरेको गीतको भिडियो

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस