मुख्य समाचारको माथि

चाडपर्वको मुखमा मौलाउदै कालो वजारी र तस्करी

विचार

-हरि बहादुर श्रेष्ठ

नेपालमा जव जनताको अति आवश्यक वस्तुलाई वढी आपुर्ति हुन थाल्छ त्यो वेला जनमास्को लागि आवश्यक पर्ने वस्तुलाई खरिद व्यवारमा कालोवजारी र तस्करीको ह्वात्त बढेको पाइन्छ । यसमा मौकाको फाइदा उठाउन थालिन्छ । जनता आफुलाई आवश्यक पर्ने वस्तु खरिद नगरी भएको हुदैन त्यसमा वजारभाउ दोब्बर तेव्बर भएको पाइएको छ । यस्तै शिलशिलामा नेपाली महान चाड खास गरी हिन्दुहरुको महान चाड आउन दशै, तिहार, छठलाई लक्षितगरी आज वजारका व्यापारी देखि यातायात सम्मकाले मौकाको फाइदा उठाउन थालेको पाइएको छ ।
जनाताका अति आवशयक वस्तु दाल, चामल, लगायत खाद्यन्न समाग्रीमा भाउ वडाउने र खास गरी दशैको लागि अति आवश्यक पर्ने जस्तै मसला जन्य पदार्थ मिठाई , माछा मासु लगाएत लत्ता कपडा जस्ता वस्तुको भाउँ ह्रवात वढेको पाइएको छ । यसमा व्यापारीले सामन्न उत्पादन गरी स्टोरमा थुपान्ने , कालोवजारीले सामान खरिद गरी राख्ने जव जनताले चाडवाडमा के आवश्यक पर्छ ती वस्तुको खोजी खोजी भाउ वढाउन थालिएको छ । यसमा पनि जनताको लागि अति आवश्यक मानिने यातायातको साधनमा त जव दशै आयो त्यसमा लफडा गर्ने दशैको अग्रिम वुकिन टिकट नखुलाउने यातायातले भाडा निधारण भनी वखडा झिक्ने अन्त्यमा चाहिदो सवारी सञ्चालन नगराउने र सवारी साधनमा कोचाकोच गरी यात्रुलाई सवारी गराउने गरेको देखिन्छ ।
यसले सवारी दुर्घटना निम्ताउनको साथै दशैको वेलामा धेरै मानिसले अज्ञानतनमा ज्यान गुमाउनु परेको छ । यसमा नत सरकारी तत्वलाई वास्ता छ नत कुनै राजनितिक दलमा लागेका मानिसलाई यसमा पनि दशै आउनु भन्दा एक महिना पहिले राजनीतिक दलको चन्दा रसिद पुगेको हुन्छ । जसले चन्दा दिन्छ उसलाई यसको कुनै खोजी गदैनन यसको मौकाको फाइदा उठाउदै व्यापारीले वजारमा मनपरी सामानको मुल्य निधारण गर्ने । यातायातले बखडा झिकी मौकाको फाइदा उठाउन भाडा निधारणको कुरा अगाडी ल्याउने समयका टिकट नखुलाउने, सरकारी तत्वमा यही मौकामा विभिन्न वस्तुको मुल्य निधारण गरेको पाइएको छ ।
यसमा पनि सरकारी तत्ववाट नै जनतालाई ठग्ने मौका लुट्न खोजिएको छ । यसलाई कुनै राजनितिक दल, समाजिक सस्था लगाएतका कोही कसैलाई वास्ता हुदैन । राजनीतिक दललाई व्यापारीले दशै खर्च भनी दुईचार हजारमा किनेको हुन्छन । सरकारमा वस्ने मन्त्री संसदलाई दशै खर्च भनी अलिअलि पु¥याएपछि यसको विरोध गर्ने कसले जनतालाई आफुलाई चाहिले अति अवश्यक वस्तु खरिद नगरी भएको हुदैन । यो ठुलो चाडमा वच्चाको लागि लता कपडा, मिठो मसिनो खानको लागि मासु लगायत अन्य परिकारको समान किन्न पर्ने हुन्छ । वजार भाउ आकास छुने गरी महगीए पछि रिन गरे पनि सर्वसाधरणले दशै मनाउन वाध्यता भएका हुन्छन । यसमा पनि दुख लाग्दो कुरा चाहि हिन्दुहरुको माहान चाडको मौका छोपी विभिन्न यातायात कार्यालयले भाडा वढाउने प्रसस्त रोडमा गाडी नगुडाउने यात्रुलाई जोखिम यात्रा गर्न वाध्य वनाउने गर्दा अनार्थमा हजारौ मानिसले ज्यान गमाउनु परेको देखिएको छ । यसमा पनि अनुगमन नहुदा एउटा सिटको ३ वटा सम्म टिकट काटिएको हुन्छ । काउटरमा कुरा ग¥यो भने नजानुस भनी जवाफ पाइन्छ । यती जोखिम मोलेर आफन्त भेटघाट गर्न दशै मनाउन यात्रु बाध्य भएको पाइएको छ । यसलाई रोक्ने कुनै निकाएको भएको पाइएको छैन ।

नेपालमा जव जनाताका अति आवश्यक वस्तु पूर्ती गर्ने समय आउछ त्यसपछि कालो वजारी , तस्कारी, लुटपात, गुण्डागद्री मौलाएको पाइएको छ । यसमा सरकारी ग्रहसरकारी, निजि उद्योगी , व्यापरीको प्रतक्ष अप्रतक्ष हात रहेको पाइएको छ । यसको सिलसिलामा २०७६ सालको दशै , तिहार, र छटलाई लक्षित गरी यी तत्व सक्रिए भएको देख्न सकिन्छ । जसमा दशै सुरु हुनु भन्दा पहिले नै जनताका चाडवाडका लागि अति अवश्यक वस्तुको मुल्य बृद्धी हुन थालेका छन । यसका चाडमा चाहिले लताकपडा वजारमा व्यावारीले वनाएर राखेका धमाधम निकालिन थालिएका छन । माछा मासुको भाउ उकालो लाग्दो देखिएको छ ।
सरकारले नै किसानलाई मार भन्दै मिठाई जन्य पर्दाथ वनाउन नभई नहुने दुधको मुल्य वढाई सकेको छ । यसका मसला लगाएता समानको भाउले आकास छुने उकालो लागेको पाइएको छ । यसका सकारको कुनै चासो छैन । जहा मानिसले उपभोग गर्ने खसी को मासुको मुल्य एक के.जीको १२५० पुगिसकेको छ । सम्पुर्ण समानको भाउ वढाउन व्यापारी तछाढ मछाड गरी रहेको देखिएको पाइएको पाइन्छ । सरकार यसमा मक्तदर्शक भएर वसेको देख्न सकिन्छ । जहा आफुले नै दशै सुरु हुनु भन्दा पहिले किसनलाई मार भनेर २०७६ साल भदौ २१ गते लागु हुनेगरी मिठाईको परिकारमा नभई नहुने वस्तु दुधको भाउ प्रति लिटर ६ को दरले वृद्धी गराई सरकारले सुरु गरेको पाइएको छ । यसमा व्यापाररीले पनि पनि धमाधम प्रत्यक समानको केजीमा १ देखि १०० रुपैया सम्म वृद्धी गर्न थालेको पाइएको छ । यसमा पनि शहरमा वस्ने गाउँ फर्कने भएपछि यसको मौकाको फाइदा उठाउदै यातायात कार्यलयले त जहिले पनि दशैको मुखमा भाडा निधारण भनी वखेडा निकाल्ने र समयमा टिकट नखुलाउने यात्रुलाई कोचाकोच गरी यात्रा गर्न वाध्य वनाउने गरेको पाइएको छ । जहा देख्न सकिन्छ एक जनाको सिटको टिकटमा तिन जनाको टिकट वितरण गरेको यसले सवारी दुरघटना निम्ताउनका साथसाथै मानिसको ज्यान गएको पाइएको छ । यसममा सरकारी तत्वको कुनै वास्ता छैन । सर्वसाधरण वाध्य भएर यात्रा गर्न वाध्य भएका छन । वोल्यो भने वोल्ने ठाउँ छैन सम्पुर्ण राजनितिक दल र सरकारी तत्वलाई व्यापारीले आफ्नो पकटमा पारी सकेका हुन्छन ।
नताको पक्षमा कसले वोल्ने वाध्य भएर जोखिमको यात्रा गर्नु पर्ने देखिन्छ । यसमा पनि समितिका गाडी रुडमा चल्ने छोेडेर समितिद्धारा नै रिर्जव गराउने र भाडा भन्दा डव्वल गर्ने चलनले सर्वसाधनलाई ठुलो मार परेको देख्न सकिन्छ । यदि यात्रुले लफडा ग¥यो भने समितीका नुनापानी खाएको उल्टै घम्काने यात्रुलाई त्रासित गर्न वाध्य वनाउन सकिन्छ । यसमा पनि प्रत्यक सरकारमा वस्ने देखि विद्रोहीलाई चन्दा दिईकन कुनै कुरा नवोल्ने वनाएका हुन्छन व्यापारी र कालो वजारीले र उनीहरु यसको विषयमा कुरा नै उठेको पाइएको छैन । यसमा रिन काडेर भए पनि दशै मनाउन वाध्य भएका छन गरिव नेपाली जनता भने चन्दा असुल्ल गरी कार्याकता पलिएको ठाउँमा मुख खोल्न सक्दैनन राजनितिक सङ्गठनका मान्छे । यसको असर नेपाली गनताले भोग्नुको साथ साथै अन्यत्रमा ज्यान गुमाउनु परेको यो चाडवाड नजिकिदा देख्न सकिन्छ ।

यसरी नेपालीले प्रत्यक वर्ष चाडवाड आएपछि कि घर घितो राखेर वा जग्गा वन्दकी राखेर अझै पनि दशै मनाउन सामान खरिद गर्न वाध्य भएका छन । भने शहरमा वसेका आफ्ना परिवार भेट्न जार्दा वा मान्यजनको आसिरवाद थाप्न जान जोखिम मोलेर जान वाध्य भएको देखिएको छ । भने व्यावारी कालोवजारी गर्ने यो चाडवाडको मौका छोपी करोडौको मालिक हुने दाउमा देख्न सकिन्छ । यसलाई मध्य नजर राखेर आज सरकारले कुनै पनि कालो वजारी तस्करी आदीवाट रोक्न वजार अनुगमन गरी कुनै पनि सामानको भाउ वडाउन दिनु हुन भने जसले वढाएको छ त्यो व्यापारीको प्यान नम्वर खारेज गरी व्यापर गर्न वन्चित गर्न जरुरी देएिको छ । भने कालो काम गर्न समान लुकाएर अहिले निकाल्नेको सम्पुर्ण सामान कव्जा गरी गरी जनातालाई वाड्ने व्यावस्था गरी अगाडी वढाउन जरुरी देखिन्छ ।
यातायात सम्वन्धी सम्पुर्ण समितिलाई सिटभन्दा वेगारको मानिस राखेको देख्न साथ वा टिकट काउटरवाट सिटभन्दा वदी टिकट लिएको देखिएमा त्यसलाई तुरुन्त कारवाहीमा ल्याउने र चाहिने जति गाडी नहाल्ने समितिलाई त्यसको इजायल पत्र खारेजी गरी त्यो समितीको ठाउँमा अर्काे हाल्ने व्यास्था गरी वा समितिका गाडी अफ्नो रुड भन्दा वेगार रिर्जवमा गएको भेटियो भने त्यो रुडवाट नै गाडी हटाउने व्यावस्था गर्न जरुरी छ । यसवाट जनताको जनधनको सुरक्ष गर्न जरुरी देखिएको छ ।

NEWS DOWN

Loading...