मुख्य समाचारको माथि

एम्बेसीमा जादु देखाएर भिषा लगाए महादेव त्रिपाठीले असोज १३ गते अमेरिका जादै

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ८ असोज । विगत ५० बर्षदेखि देखि अमेरिकामा नेपालीहरु बस्दै आएको कुरा सर्ववितिदै छ । जहाँ नेपाली हुन्छन त्यहा नेपाली कलाकार पुग्ने गरेका छन । त्यही कुरालाई निरन्तर दिदै १० सेप्टेम्बर २०१९ अर्थात असोज २० गते २०७६ देखि १४ नोभेम्बर अर्थात मंसिर २४ गतेसम्म दसै तिहार धमाका आयोजना गरिएको छ ।
अमेरिकाको कोलोराडो, भर्जिना, भर्जेनिया, वासिङटन डिसी, टेक्सास, डाल्लस, अर्कानान्स, लगायतका अन्य थुप्रै सिटीमा कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त कार्यक्रमको कार्की आइएन सी तथा जेपी इन्टरनेशनल ग्रोसरी स्टोरले आयोजना गरेको हो । उक्त कार्यक्रममा नेपालको पहिलो जादुगार अर्थात स्टेजको बादशाह भन्दा पनि फरक नपर्ने नेपाली कलाकारिता क्षेत्रका धरोहर जादुगर महादेव त्रिपाठीले हंगामा मच्याउने भएका छन । उक्त कार्यक्रममा महादेव त्रिपाठी लगायतका अन्य कलाकारहरुल पनि आफनो प्रस्तुतीहरु पस्कने कार्यक्रमका संयोजक जित कार्कीले बताए ।


कार्यक्रमको तयारी पुराभएको संयोजक कार्कीले बताए । संयोजक कार्कीका अनुसार कार्यक्रमको सल्लाहकारमा नवराज श्रेष्ठ र मधुकुमार श्रेष्ठ रहेका छन । भने उक्त कार्यक्रमको लागि नेपालबाट जादुगर महादेव त्रिपाठी असोज १३ गते अमरिका तर्पm प्रस्थान गर्दैछन । जादुगर त्रिपाठीको आगमनले उक्त कार्यक्रममा शोभा बढने आयोजकले जनाएको छ ।

NEWS DOWN

Loading...