मुख्य समाचारको माथि

साउदी राजकुमारकै योजनामा पत्रकार खाशोगीको हत्या भएको खुलासा

अन्तर्राष्ट्रिय मुख्य खबर

 

एजेन्सी( साउदी पत्रकार जमाल खाशोगीको हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानकै योजनामा गरिएको खुलासा भएको छ । पत्रकार जमाल खाशोगीलाई गत वर्ष अक्टोबर २ मा साउदी एजेन्टले हत्या गरेका थिए। उनको हत्या टर्कीको इस्तानबुल शहरको साउदी वाणिज्य दूतावासमा गरिएको थियो।

आगामी अक्टोबर १ मा सार्वजनिक गर्ने तयारीमा रहेको एक डकुमेन्ट्रीमा यो कुराको रहस्य खुलाइएको हो । उक्त बृत्तचित्र९डकुमेन्ट्री०मा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानकै योजनामा पत्रकार खाशोगीको हत्याको गरिएको जनाइएको छ । साउदी अरेबियाको क्राउन प्रिन्स शीर्षकको उक्त ९डकुमेन्ट्री० वृत्तचित्रका अनुसार राजकुमार सलमानले नै उक्त कुरा स्वीकार गरेका छन् ।

डकुमेन्ट्रीमा राजकुमार सलमानले भनेका छन् कि खाशोगीको हत्या उनको प्रत्यक्ष निगरानी र योजनामा गरिएको थियो। यो वृत्तचित्र १ अक्टुबरमा प्रसारित हुने जनाइएको छ । खाशोगीको हत्या गर्न १५ साउदी एजेन्टहरू विशेष विमानबाट टर्की गएको पनि उक्त डकुमेन्ट्रीमा खुलाइएको छ। पत्रकार खाशोगीको मृत शरीर अहिले सम्म भेटिएको छैन । यद्यपि, राजकुमार सलमानले यस नरसंहारको बारेमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।

यसरी टर्कीको साउदी वाणिज्य दूतावासमा भएको थियो हत्या

डकुमेन्ट्रीमा मुहम्मद बिन सलमानले अमेरिकाबाट प्रसारण हुने सार्वजनिक प्रसारण सेवा ९पीबीएस० का मार्टिन स्मिथलाई भनेका छन्, ‘यो घटनाको म सबै जिम्मेवारी लिन्छु किनकि यो मेरो प्रत्यक्ष निरीक्षणमा भएको थियो।’ स्मिथले उनलाई सोधेका छन कि तपाइँको जानकारीबिना कसरी यो काम सम्भव भयो त रु उनले भनेका छन्, ‘हाम्रो देशमा दुई करोड जनसंख्या छ र करिव ३० लाख सरकारी कर्मचारी छन्। यो कामको कार्यान्वयन तीमार्फत भएको हो ।’

खाशोगीको हत्यामा सरकारी विमानको प्रयोगको सवालमा साउदी राजकुमारले भनेका छन्, ‘मसँग कुरा गर्न सरकारी अधिकारी र मन्त्री छन् । तिनीहरू यसका लागि जिम्मेवार छन्। उनीहरूसँग यो काम गर्ने अधिकार पनि छ।’ स्मिथका भनाईअनुसार यो कुराकानी भने क्यामेराका अगाडि भएको होइन ।

राजकुमारले दिएको थिए आदेश
अमेरिकी गुप्तचर एजेन्सी सीआईए र धेरै पश्चिमी देशहरूले राजकुमार सलमानले नै खाशोगीको हत्याको आदेश दिएको दाबी गर्दै आइरहेका छन् । जबकि साउदी अरेबियाले भने यसमा उनको कुनै भूमिका नभएको दाबी गर्दै आएको छ ।

पत्रकार खाशोगी राजकुमार सलमानका आलोचक थिए

खाशोगी अमेरिकामा बस्थे र वाशिंगटन पोष्टका लागि स्तम्भहरू लेखे । उनी राजकुमार सलमानका कडा आलोचक थिए । साउदी सरकारले शुरुमा उनको हत्य भएको भन्ने कुरा स्वीकार गरेको थिए । तर आलोचना पछि विश्वव्यापी रुपमा आलोचना सुरु भएपछि उसले यो घटनालाई हत्या नै भएको हो भनेर साउदी अरेबियाले स्वीकारको थियो । यस मुद्दामा ११ साउदी संदिग्धलाई अभियोग लगाइएको छ। डकुमेन्ट्रीमा ९वृत्तचित्र०मा मारिएका पत्रकार खाशोगीको पनि अन्तर्वार्ता सुन्न सकिन्छ ।

यो अन्तर्वार्ता उनको हत्या हुनुभन्दा केही महिनाअघि लिइएको थियो, तर कहिले लिइएको थियो भनेर खुलाइएको छैन । उक्त अन्तरवार्तामा उनले राजकुमार सलमानको समर्थक हुँदाहुँदै कसरी आलोचक बन्न पुगे भन्ने विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छन् । (जागरण डट कमबाट

NEWS DOWN

Loading...