मुख्य समाचारको माथि

युभेन्टस्को जितमा मिरालेम र रोनाल्डोले एक–एक गोल, युभेन्टसको अपराजित यात्रा कायमै

खेलकुद मुख्य खबर

काठमाडौ १२ असोज । इटालियन सिरी ए फुटबलमा लिग च्याम्पियन युभेन्टस्ले आफ्नो अपराजित यात्रा कायम राखेको छ। शनिबार राति भएको खेलमा स्पाललाई २–० गोलले पराजित गर्दै युभेन्टस्ले लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो।
युभेन्टस्को जितमा मिरालेम पियानिच र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा मिरालेमले गोल गर्दै युभेन्टस्लाई १–० को अग्रता दिलाएका थिए। खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टस्लाई २–० को जित दिलाए। चोटका कारण पछिल्लो खेलकम विश्राम लिएका रोनाल्डो पूरै समय खेलेका थिए।
यो जितसँगै युभेन्टस् ६ खेलबाट १६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा सबै जितेको इन्टर मिलान १८ अंकका साथ शीर्षस्थानमा छ। स्पाल ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।

NEWS DOWN

Loading...