Advertisement

ओखलढुंगाको सुनकोसी गाउपालिकामा स्वास्थ्य विमा लागु पालिका प्रमुखबाटै कार्यक्रमको थालनी

मुख्य खबर राजनीति

ओखलढुंगा १२ असोज । ओखलढुंगाको सुनकोसी गाउपालिले स्वास्थ्य विमा लागु गरेको छ । आइतबारदेखि गाउपालिकामा स्वास्थ्य बिमा लागु गरेको हो । गाउपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीको घरैबाट स्वास्थ्य विमा कार्यक्रमको थालनी गरिएको गाउपालिका वडा नम्बर ८ का वडाध्यक्ष गुणराज भट्टराई अखबार अनलाइनलाई जानकारी गराएका हुन । वडाध्यक्ष भट्टराईका अनुसार वडा नं. ८ बाट स्वास्थ्य विमा लागु गरीएको बताए ।
असोज १२ गते आइतबार सुनकाशी गाँउपालिका वडा नं। ८ बाट स्वास्थ्य बिमा कार्यक्रम आयोजना गरी बिमा कार्यक्रम शुरु गरिएको हो । सुनकोशी गाँउपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरएको थियो ।
बिकट क्षेत्रमा बसोबास गर्ने नागरीक हरुका लागी बिमा कार्यक्रम निक्कै प्रभाबकारी भएको गाँउपालिका प्रमुख रुद्ध प्रसाद अधिकारीले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले सुनकोशी गाँउपालीका सबै वडाहरुमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुने र गाउपालिकाबासीहरुले अनिबार्यरुपमा स्वास्थ्य बिमा गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाबकारी बनाउना प्रत्येक बडामा स्वयंसेविकाहरु र स्वास्थ्य बिमा अभिकर्ता घरदैलो कार्यक्रम मार्फत खटाईने गाँउपालिका प्रमुख अधिकारीले बताए ।
सुनकोशी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले नागरीकले स्वास्थ्य बिमा गर्दा ५ जना सम्मको परिवार भएको प्रतिघर धुरीले रु ३ हजार ५ सय रुपैया बिमित रकम तिर्नु पर्ने र ५ जना भन्दा माथीको परिवारको लागी प्रतिब्यात्ति ७ सय थप्नु पर्ने प्राब्धान रहेको बताए । यसै गरि स्वास्थ्य बिमा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुका लागी ५० प्रतिसत छुट , ज्येष्ट नागरीकको हकमा प्रतिब्यात्ति शतप्रतिसत छुट र भिन्न क्षमता भएको नागरीकको हकमा शतप्रतिसत घरपरिवारलाई नै छुट हुने प्राब्धान रहेको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताए ।