मुख्य समाचारको माथि

ओखलढुंगाको मानेभञ्ज्याङमा व्याकुल माइला गोल्डकप आठौँ सस्करण हुदै

खेलकुद मुख्य खबर

ओखलढुंगा १४ असोज । ओखलढुंगाको मानेभञ्ज्याङको सोक्माटारमा व्याकुल माइला गोल्डकप आठौँ सस्करण र रूपा स्मृति महिला फुटबल फुटबल प्रतियोगिता हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको बिसेष आर्थिक सहयोगमा ब्याकुल माइला मैदान सोक्माटारमा असोज २६ गते कोजाग‌‍त पूणिर्मा देखि कात्तिक ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । खेलकुदको माध्यामबाट विकासको अभियान नाराका साथ उक्त प्रतियोगिता हुन लागेको सरोकार समाज युवा क्लबका अधक्ष्य रक्षमान राइले बताए ।


प्रतियोगितामा प्रथम पुरस्कार हुनेलाई १ लाख ५० हजार, दश्रोलाइ ८० हजार र तेश्रो र चौथोलाइ १५(१५ हजारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय युवाहरुलाई खेलकुदमा अग्रसर गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको सरोकार समाज युवा क्लबको अधक्ष्य रक्षमान राइले बताए । अध्यक्ष राइले भने ‘युवाहरुलाई खेलकुदमा अग्रसर गराउनुका साथै यस ठाउको लोक सस्कृति,भाका र पहिचान खोजने उदेश्याले हामि यहा विभिन्न लोक सास्कृतिक कार्यक्रम संचालन गरिराको छौ, यहाको मान्छेको स्वास्थ्यलाइ मध्यानाजर गर्दै स्वास्थ्य सिविर संचालन गरिराछौ ’ ।

खेलकुदको नियामहरु
खेल फिफाको नियम अनुसार खेलाइनेछ। एउटा क्लब वा सस्थाबाट १ टिमले मात्र सहभागी हुन पाउने , क्लब वा सस्था बर्सेनि नबिकरन भएको हुनुपर्ने ।
एक तिममा १ जना कोच, १ व्यवस्थापक, ९ खेलाडी र ४ अतिरिक्त खेलाडी सहित जम्मा १५ जना हुनुपर्नेछ। महिला फुटबल प्रतियोगितामा टिम दर्ता निशुल्क रहेको छ भने पहिलो हुनेले मात्र पुरुस्कार पाउने छ। महिला फुटबल प्रतियोगितामा १ जना कोच , १जना व्यवस्थापक , ७ जना खेलाडी र ३ जना अतिरिक्त खेलाडी सहित जम्मा १२ जना हुनपर्नेछ । गास, बास र खेलाडीहरुको सुरक्षाको जिम्मा क्लब वा सस्था आफैले लिनुपर्ने छ।

NEWS DOWN

Loading...