मुख्य समाचारको माथि

पल्टनेको भेषमा गायक यमन माझी, दसैमा छुट्टी नपाउदा भयो पीडा (भिडियो सहित)

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ १६ असोज । नेपालीहरुको महान पर्व वडा दशैको पूर्वसन्ध्यामा गायक यमन माझीको ‘पल्टने जागिर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा एउटा पल्टनको जागिर खाएपछि भनेको समयमा विदा नपाउदा पीडा शब्दमा पोखिएको छ । घरमा आफनो परिवारसंग चाडपर्वमा पनि छुट्टी नमिलेर भेट गर्न नपाएको पीडा गुनासोलाई भिडियोमा देखाउन खोजिएको छ । राष्ट सेवक सिपाइ चाडपर्व र आफुले भनेको समयमा घर जान नपाउदा कस्तो हुन्छ भन्ने गीतमा सन्देश दिन खोजिएको छ ।
गायक यमन माझीको यो गीत निकै उत्कृष्ट गीतको रुपमा लिइएको छ । पल्टनेहरुको दुःख पीडालाई समेटेर बनाएको यो गीतले अधिकाशको मन छुने देखिएको छ । कति पय पल्टनेहरु दशैमा विदा नमिलेर घर जान नपाएको अवस्थालाई यो गीतले सार्थकता दिने देखिएको छ । नेपाली सेनामा कार्यरत सरला माझीले गीतको रचना गरेकी हुन । गायक यमन माझीको स्वर तथा संगीत रहेको यस गीतलाइ थोमस राइले एरेन्ज गरेका हुन । गीतको भिडियो गायक यमन पल्टने जागिरेको भेषमा देखा परेका छन । यमनको साथमा सरला माझी तथा साथीहरुको अभिनय रहेको छ । भिडियोलाई यमन माझीले निर्देशन गरेका हुन । अर्जुन खडकाको सम्पादन रहेको उक्त भिडियोलाई आकर्षक रुपमा रुपेश माझीले छायाँकन गरेका हुन ।
हेर्नुहोस भिडियो

NEWS DOWN

Loading...