मुख्य समाचारको माथि

यमनले पल्टनेको जागिर खाएपछि भिडियो भयो भाइल

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौं १९ असोज । गायक माझीको पल्टने जागिरको भिडियो यतिबेला युटयुवमा भाइरल बनेको । गायक माझीले आफनै च्यानलबाट अफलोड गरेको उक्त भिडियो सर्वाधिक रुचाइएको छ । नेपाली सेनाको जागिर विषयलाई लिएर बनाइएको गीतको भिडियो भाइरल बनेको हो । दसैमा विदा नमिल्दा पल्टनेहरुलाई कस्तो हुन्छ भन्ने कुरा भिडियोमा देखाएको छ । सरला माझीको शब्द संकलन रहेको उक्त गीत गायक यमन माझीले स्वर तथा संगीत भरेका छन । नेपाली सेनामा कार्यरत सरलाले पल्टनेहरुको भागाइ र दुखका कहानी गीतको माध्यमबाट प्रस्तुत गरेकी छन ।

गायक यमन माझीको यो गीत निकै उत्कृष्ट गीतको रुपमा लिइएको छ । गीतले यतिधेरै सफलता पाएपछि गायम माझी खुसी ब्यक्त गर्छन । उनी भन्छन हामीले विशेष गरेर पल्टनमा जागिर खाएपछि दसैमा घर जान नपाउदाको पीडा कस्तो हुन्छ भनेर गीतको माध्यमबाट भिडियोमा देखाएका छौ । यो गीतले सबैको मन छुन सफल पनि यो । जसका कारण सफलता पनि मिलेको छ । घरपरिवारको साथमा दसै मनाउन नपाउदा मन बहकाउन यो गीतले महत्वपूर्ण भूमीका खेलेका कारण धेरे दर्शकहरुका मन छुन सफल भएका छौ । पल्टनेहरुको दुःख पीडालाई समेटेर बनाएको यो गीतले अधिकाशको अझै मन छुने देखिएको छ । कति पय पल्टनेहरु दशैमा विदा नमिलेर घर जान नपाएको अवस्थालाई यो गीतले सार्थकता दिने देखिएको छ ।
गीतलाइ थोमस राइले एरेन्ज गरेका हुन । गीतको भिडियो गायक यमन पल्टने जागिरेको भेषमा देखा परेका छन । यमनको साथमा सरला माझी तथा साथीहरुको अभिनय रहेको छ । भिडियोलाई यमन माझीले निर्देशन गरेका हुन । अर्जुन खडकाको सम्पादन रहेको उक्त भिडियोलाई आकर्षक रुपमा रुपेश माझीले छायाँकन गरेका हुन ।
हेर्नुहोस भिडियो

NEWS DOWN

Loading...