मुख्य समाचारको माथि

चपली हाइटकी अभिनेत्री विनिता बराल आमा बन्दै

मनोरञ्जन मनोरञ्जन समाचार

अमेरिका २१ असोज । अभिनेत्री विनिता बराल आमा बन्ने भएकी छिन् । आफु गर्भवती भएको खुसीको खबर बिनिताले बिहिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी हुन् । सप्राइज १ सप्राइज ११ भन्दै विनिताले फेसबुकमा ‘सानी बिनिता’ आँदैछिन् भनेर फोटो पोस्ट गरेकी छिन् ।

बिनिताले सानी बिनिता भन्नाले उनको गर्भमा छोरी हुर्कंदै गरेको जानकारी दिएकी छिन् । । बिनिताले गत मे मा प्रेमी तिलक पौडेलसँग अमेरिकामा बिहे गरेकी थिइन् । अध्ययनको शिलशिलामा अमेरिका गएकी बिनिताको तिलकसँग प्रेम पश्चात विवाह भएको हो ।

फिल्म ‘चपली हाइट’ बाट रजतपटमा अभिनय यात्रा सुरु गरेकी विनिता फिल्ममा क्षेत्रमा भविष्य सुनिश्चत नहुँदा कृषि पेशामा लागिन् । सोही विषयको अध्ययन गर्न उनी अमेरिका गइन् । त्यहाँ उनको प्रेम बस्यो ।

NEWS DOWN

Loading...