मुख्य समाचारको माथि

चितुवाको आक्रमणबाट पिङ खेल्दै गरेका ३ बर्षीय बालकको मृत्यु

Highlight मुख्य खबर समाचार

काठमाडौ २२ असोज । चितुवाको आक्रमणबाट तनहुँमा एक जनाको ज्यान गएको छ । दशैको टिका लगाएर पिङ खेल्दै गरेको अवस्थामा चितुवाले गरी भानु नगरपालिका जामुने गैह्राका ३ बर्षीय आशिष बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

दशैंको टिकापछि रमाउँदै टौवामा बनाइएको पिङ खेल्दै गरेको छोरामाथि चितुवाले आक्रमण गरेको बालकका बाबु विष्णु बानियाले बताए। उनका अनुसार चितुवाले छोरालाई मंगलबार साँझ करिव साडे पाँच बजे पिङ खेल्दै गरेको अवस्थामा आक्रमण गरेको हो। चितुवाको आक्रमणबाट घाइते भएका बालकको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा करिव सातबजे बालकको मृत्यु भएको चिकित्सकले जानकारी दिएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए।

चार दिन भानु नगरपालिकाबाट एउटा चितुवा समातिएको थियो । भानु क्षेत्र पूर्ण रुपमा सुरक्षित नरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। भानु नगरपालिकाको १, २, ३ र ४ नम्वर वडामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाको ज्यान गएको छ। साडे एक वर्षको अवधिमा चितुवाले भानुका आशिष बानियासहित चार जनाको ज्यान लिएको छ भने तीन जना घाइते भएका छन् र भालुको आक्रमणबाट तीनजना घाइते भएका थिए।

NEWS DOWN

Loading...