मुख्य समाचारको माथि

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बनाइएका ब्यानर च्यातिए, एक जना पक्राउ

Highlight मुख्य खबर

काठमाडौं २२ असोज । असोज २५ नेपालको दुइ दिने भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि बनाइएका ब्यानर च्यातिएको छ । तिनकुनेस्थित लायन्स आँखा अस्पताल नजिकै राखिएको ब्यानर च्यातिएको हो । चिनियाँ राष्ट्रपतिसी को स्वागतका लागि काठमाडौंका विभिन्न स्थानमा नेपालको संस्कृति झल्किने खालका तस्बिरसहितको ब्यानर राखिएका छन् ।

ती मध्ये तिनकुने क्षेत्रमा राखिएको ब्यानर च्यातिदिएको हो । ब्यानर च्यातेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाइघाटका २६ वर्षीय गोपाल सार्की रहेका छन् । मंगलबार राति ९ बजेतिर मापसे गरेर ब्यानर च्यातिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सार्कीमाथि अभद्र व्यवहारको मुद्दा चलाइने प्रहरीले जनाएको छ । तस्विर केन्द्रविन्दु

NEWS DOWN

Loading...