मुख्य समाचारको माथि

‘चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणसंगै नेपालमा बढयो खतरा’ माधव नेपाल

Highlight मुख्य खबर राजनीति

काठमाडौ २ कात्र्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफुलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलता संगै खतरा पनि बढेको बताए । सञ्चार केन्द्र नेपालले सनिबार राजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठूला राष्ट्रका आ आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफुलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए । नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उहाँले जोड दिए ।
उनले भने “धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कायम हुनुपर्छ ।”

NEWS DOWN