मुख्य समाचारको माथि

विश्वकै आकर्षक नितम्ब भएकी मोडल, नितम्बबाटै कमाउछिन १७ करोड

Highlight रोचक खबर

एजेन्सी । पैसा कमाउन निकै मिहेनत तथा परिश्रम गर्नुपर्छ । काम नगरेर दाम कमाउन सकिदैन् । यस्तो मान्यता तपाई हाम्रो हो । तर आफ्नो शरिरको कुनै अंगबाटै करोडौं कमाई हुन्छ भन्दा अचम्म लाग्न सक्छ ।

रोमानियाकी एक मोडलले आफ्नो नितम्बकै कारण करोडौं कमाउने गरेकी छन् । इन्स्टाग्राम मोडल ३५ वर्षीया एन्ड्रिया एबेलीले फोटोबाट बार्षिक १८ करोड भन्दाबढीको कमाई गर्छिन् । इन्स्टाग्राम स्टारका रुपमा चिनिएकी एबेलीले इस्टाग्राममा फोटो पोष्ट गरेरै करोडौंको आम्दानी गर्दै आएकी हुन् ।
उनले प्लास्टिक सर्जरी गरेर नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ।

उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढीले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन्। सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनको दाबी छ । यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेको उनको भनाई छ ।

उनलाई लाखौं मन पराएपनि केही देखिसक्दैनन् । कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन्। उनका नितम्बप्रति घृणा गर्नेहरुले नर्कमा जानुपर्ने भन्दै गाली समेत गरेका छन् । तर त्यस्ता शुभचिन्तकलाई उनले कुनै जवाफ दिएकी छैनन् ।

NEWS DOWN