मुख्य समाचारको माथि

विवादमा ‘ह्याप्पी तिहार’: दुर्गेश थापा पक्राउ, फेसबुकमा प्रहरीलाई स्याबासी

Highlight मनोरञ्जन मनोरञ्जन समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ६ कात्र्तिक । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिन खोजेकाले नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समावेश गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

यो गीतमा प्रयोग भएका शब्दले विकृति निम्त्याउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । उनले गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता वाक्यहरू प्रयोग गरेका छन् ।  उजुरी परेपछि कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक थापालाई सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि महाशाखाले नियन्त्रणमा लिएको एसएसपी थापाको भनाई छ ।

यसअघि उनी सम्कर्प बाहिर रहेको जनाइएको थियो । यसअघि दुर्गेशले ल्याएको ‘बिच्च बिच्चमा’ बोलको गीतले बजारमा तहल्का मच्चाएको थियो । दुर्गेशलाई प्रहरीले खोजिरहेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीले ठिक गर्‍यो भन्ने प्रतिक्रिया धेरै आएका थिए । युट्यूबमा पनि त्यस्तै खाले कमेन्ट धेरै आएपछि दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस