मुख्य समाचारको माथि

काठमाडौको चावहिलमा घर भत्केर घाइते भएका मध्ये एकको मृत्यु

Highlight मुख्य खबर समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ६ कात्र्तिक । काठमाडौंको चाबहिलस्थित रहेको केएल टावर नजिकै एउटा पुरानो घर भत्किंदा घाइते भएका एकजनाको मृत्यु भएको छ । ब्यस्त सडकमा रहेको पुरानो घर भत्काउने क्रममा घरको बरन्डा अचानक खस्दा घर भत्काउने क्रममा ३ जना घाइते भएका थिए । घाइते मध्येका दीपक तामाङको मृत्यु भएको महानगरीय प्रहरी बृत्त गौशालाले जानकारी दिएको छ । तामाङको उपचारका क्रममा मित्रपार्कको दीर्घायु गुरु अस्पतामा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा मजदुर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर रहेको प्रहरीले जनाएको छ ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस