मुख्य समाचारको माथि

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुदै, अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

Highlight अर्थ अर्थतन्रा

काठमाडौ ९ कात्र्तिक । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर हुने भएका छन । दुइवटा बैँक मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन । दुवै बैंकको वार्षिक साधारण सभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु हुनेछ ।
उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा संजाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे ।

NEWS DOWN