मुख्य समाचारको माथि

कुमारी बैंकले १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने

अर्थ अर्थतन्रा बैंक तथा सहाकरी

काठमाडौ १८ कात्र्तिक । कुमारी बैंकले १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक रुप किशोर लाकौलको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो ।

हाल विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिदको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटलको कार्यालयमा ३५ दिन भित्र आई पुग्ने गरि आवेदन दिनु पर्ने छ ।

कोहि पनि संस्थापकले आवेदन नदिएकोमा ति शेयर अन्यको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ ।

NEWS DOWN