मुख्य समाचारको माथि

अन्तशुल्क स्टिकर छपाइको विषयमा लेखा समिति अनिर्णीत

Highlight अर्थ अर्थतन्रा

काठमाडौं २२ कात्र्तिक । संसदको सार्वजनिक लेखा समिति अन्तस्शुल्क स्टिकर छपाइको टेण्डर आह्‍वान गर्ने सवालमा सरकारले निर्देशन पालना नगरेपछि अन्योलमा परेको छ। यसअघि दिइएको निर्देशनविपरीत थप कडा सर्त राखेपछि समिति नै अन्योलमा देखिएको हो।
टेण्डरमा राखिएको सर्तले नेपाली कम्पनीले भाग लिन नसक्ने भएपछि सर्त परिवर्तन गरी नेपाली कम्पनीलाई भाग लिन मिल्नेगरी मिलाउन निर्देशन दिएको थियो। दशैं तिहारको बीचमा गरेको मागिएको टेण्डरमा १० वर्ष काम गरेको तीन देशमा काम गरेको लगायतका सर्त राखिएको छ। यस सवालमा अर्थमन्त्री डा। युवराज खतिवडा र अन्य पदाधीकारीसँग छलफल गरी अर्को निर्देशन दिने तयारीमा लेखा समिति छ भने त्यतिन्जेलसम्म यथास्थितिमा राख्न निर्देशन दिएको छ।
एकैपटक पाँच वर्षको लागि स्टिकर छपाएर ठूलो रकम विदेश पठाउन खोजेको आरोप लेखाको छ। आन्तरिक राजस्व विभागले भने कमजोर सर्त राख्दा नक्कली स्टिकर छापिन सक्ने भन्दै ध्यान दिन आग्रह गरेको छ। लेखा समिति सभापति भरत शाहले नोट छाप्नको लागिसमेत आवश्यक नपर्ने सर्त स्टिकरमा राखेको र नेपाली कम्पनीलाई बन्देज लगाउने काम भएको जनाएको छ।

NEWS DOWN