मुख्य समाचारको माथि

रक्सोल नाका बन्द गर्न भारतीयको आयो दबाब, आयातकर्मीलाई तनाव

समाचार
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ २५ कात्र्तिक । भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।
भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ ।
भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरुलाई भने तनाव भएको छ । यो समाचार आजको कारोबार दैनिकमा नीरज पिठाकोटेले लेखेका छन् ।

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस