मुख्य समाचारको माथि

१८ वर्षीया छोरीको कुमारित्व परीक्षण गराइरहने र्‍यापर एवं नायक टिआइको खुलासा

Highlight मनोरञ्जन समाचार

एजेन्सी
अमेरिकाका चर्चित र्‍यापर एवं नायक टिआइले आफ्नी छोरीको नीजि जीवनबारे अचम्मित गरिदिने खुलासा गरेका छन् । एक कार्यक्रमका बेला र्‍यापरले वर्षको एकपटक आफ्नी छोरीको कुमारित्व ९भर्जिनिटी० परीक्षण गर्ने बताएका छन । उनको यस्तो भनाई पछि उनका प्रशंसक र सिने जगतका हस्तीले रोष व्यक्त गर्न सुरु गरेका छन् ।

अचम्मित भए कार्यक्रमका प्रस्तोताः

टिआइको यो सनसनीपूर्ण खुलासा पछि कार्यक्रमका प्रस्तोता अचम्मित भए । सुरुमा उनलाई टिआइले ठट्टा गरिरहेको सोचे तर पछि उनी आफ्नो बयानका लागि निकै सिरियस भएको देखिएपछि उनी साँच्चै नै जिल्ल परे । र्‍यापरका अनुसार जब उनकी छोरी कलेज जान सुरु गरिन् तबदेखि छोरीले आफूसँग यौनसम्बन्धि कुराकानी गर्न सुरु गरेको बताए ।

छोरीको जन्मदिनको भोलिपल्टै आफूले उनलाई स्त्रीरोग विशेषज्ञकोमा लिएर जाने र सबैकुरा ठिक भए नभएको परीक्षण गर्ने टिआइले बताए । यद्यपि, यो बयानपछि नै र्‍यापरलाई सोसल मिडिया प्रयोगकर्ताले गाली गर्न सुरु गरेका छन् ।

NEWS DOWN